भारतीय पक्षले दियो ३ महिनाका लागि बिजुली किन्ने अनुमति

न्यूजडेस्क     २०८० चैत्र १५, बिहीबार १६:२२ मा प्रकासित


काठमाडौँ । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार आज भारतीय पक्षले ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको हो ।

यससँगै, नेपालमा डेढ महिनाका लागि हुने ‘लोडसेडिङ’को सम्भावित जोखिम टरेको छ । मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भारतले आज ३ महिनाका लागि बिजुली किन्ने अनुमति दिएको जानकारी दिए । उनले नेपाललाई डेढ महिनाका लागि मात्रै बिजुली चाहिने भएको समेत बताए ।

नेपालले १ वर्षका लागि बिजुली आयात गर्ने प्रस्ताव नवीकरण गर्न पठाएको थियो । तर भारतले ३ महिनाका लागि मात्रै गरेको हो । र यो पनि दिउँसोका समयका लागि मात्रै अनुमति प्रदान गरेको छ । डेढ महिनाको आपूर्ति व्यवस्थापन भएपछि भने नेपालको आफ्नै उत्पादन पर्याप्त मात्रामा सुरु हुन्छ ।


प्रतिक्रिया




Top