परिक्रमालाई व्यवस्थित बनाउन परिक्रमा सडक आस पासका क्षेत्रमा मांस मदिरा निषेध

न्यूजडेस्क     २०८० फाल्गुन २६, शनिबार १९:५२ मा प्रकासित


 

 

मिथिला माध्यमिकी परिक्रमालाई व्यवस्थित बनाउन जिल्ला प्रशासन धनुषाले प्रिक्रमाको प्रत्येक विश्राम स्थल र परिक्रमा सडक आस पासका क्षेत्रमा पशुपंछीबध तथा मांस मदिरा निषेधित गरेको छ ।

यहि फागुन २७ गते देखि धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वार्ड नं ८ कचुरी स्थित मिथिला बिहरी मन्दिरबाट प्रारंम्भ भई चैत्र ११ गते सम्म हुने १५ दिने मिथिला मध्यमिकी परिक्रमा ,पंचायणी परिक्रमा तथा अन्र्तगृह परिक्रमालाई व्यवस्थित रुपमा संचालन गर्न गराउन मांस मदिरा निषेधित गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति द्वारा जनाएको छ ।

प्रिक्रमाको प्रत्येक विश्राम स्थलहरु र परिक्रमा सडक आस पासका एक किलो मिटर क्षेत्रमा डोला पुग्ने अघिल्लो दिन देखि पशुपंछीबध र मांस मदिरा निषेध गरिएकोले सोको पुर्ण पालना गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । साथै यो सुचनाको उल्लंघन गरे गराइएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने जानकारी समेत प्रमुख जिल्लाअधिकारी विष्णु प्रसाद भूषाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा गराइएको हो ।


प्रतिक्रिया




Top