नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव आज देशभर मनाउँदै

न्यूजडेस्क     २०८० फाल्गुन २५, शुक्रबार ११:३४ मा प्रकासित


काठमाण्डौ – नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका आज देशभर विविध सैनिक कला, सांस्कृतिक एवम् साङ्गीतिक प्रस्तुतीका साथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उहाँ परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।


प्रतिक्रिया




Top