चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पु¥याइसक्ने जनक शिक्षा सामाग्री केन्द्रले जनायो

न्यूजडेस्क     २०८० फाल्गुन १८, शुक्रबार १९:२५ मा प्रकासित


१८ फागुन, काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पु¥याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ ।

कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी रहेको पाठ्यपुस्तक १० चैतभित्र सक्ने र १० गतेबाटै प्रदेश विक्री केन्द्रबाट विक्री वितरण शुरु गर्ने तयारी भईरहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

केन्द्रले दैनिक दुई लाख पुस्तक छपाइ क्षमता रहेको र त्यसमा दैनिक एक लाख पुस्तक छपाइको काम भइरहेको जानकारी दिएको छ । केन्द्रले यसवर्ष दुई वटा बाइन्डिङ मेसिन थप गरेकोले काम छिटो भइरहेको केन्द्रको भनाइ छ ।

 


प्रतिक्रिया




Top