काठमाडौँ — गृह मन्त्रालयले २५ दिनको पैदलयात्रापछि काठमाडौंमा संघर्षरत मिटरब्याजपीडितहरुलाई वार्ताका लागि आह्वान गरेको छ ।
मिटरब्याजपीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली
मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो ।
मन्त्रालयले मिटरब्याजपीडितहरुले गरिरहेको पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रमबारे जानकारी रहेको र ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि मन्त्रालयमा आउन भनेको हो ।
१६ माघमा पूर्वको झापा र पश्चिमको कन्चनपुरबाट एकसाथ पैदल मार्च थालेका पीडितहरुले २४ दिन पैदल हिँडेर काठमाडौं आएपछि शुक्रबारदेखि न्यायको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्
प्रतिक्रिया