बर्दिवासमा प्रथम सडक खाना महोत्सव सुरु

न्यूजडेस्क     २०८० फाल्गुन ५, शनिबार २१:११ मा प्रकासित


महोत्तरी — बर्दिवासमा प्रथम सडक खाना महोत्सव सुरु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघले आयोजना गरेको महोत्सवले मधेसका रैथाने खानाको प्रचार गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजक संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताए ।

शनिबारबाट सुरु भएको सडक खाना महोत्सवको बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले उद्घाटन गरे । महोत्सवमा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई मधेसको पहिचान दिने रैथाने भोजनसंगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने ब्यवस्था रहेको आयोजक संस्थाले जनाएको छ ।

महोत्सव स्थलमा बर्दिवासबाट बीपी राजमार्ग तर्फको करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिएको छ । महोत्सवमा राखिएका स्टलमा मधेसका ८ वटै जिल्लाका रैथाने खानाहरुसँगै कढि, वरी, तरुवा, सप्तरी बरमझियाको पेडा, विभिन्न स्वादका १६ स्वादका चिया,विभिन्न प्राविधिक बिध्यालयका खाना स्टलदेखि जिल्लाका ठुला तथा साना होटलका स्टलहरुमा सबै स्वादका खाजा खाना राखिएको महोत्सव संयोजक अमित बस्नेतले जानकारी दिए ।

महोत्सवस्थलमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम हुने भएकाले मनोरन्जनसँगै होटलमा पाउनेभन्दा २० देखि ४० प्रतिशससम्म छुटमा खाजा खाना खान पाइने बस्नेतले बताए ।

 

 


प्रतिक्रिया




Top