मुख्यमन्त्री यादवद्वारा क्याथ ल्याबको उद्घाटन, मुटु रोगीले अब जनकपुरमै उपचार पाउने

न्यूजडेस्क     २०८० फाल्गुन ५, शनिबार १९:१२ मा प्रकासित


 

जनकपुरधाम, फागुन ५ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नु भएको छ ।

मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको उद्घाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सवको अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंहले संयुक्त रुपमा गर्नु भएको हो ।

क्याथ ल्याबको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । स्वास्थ्य क्षेत्रको भौतिक पुर्बाधार बिकासमा मदेश प्रदेश फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको ब्यबस्थापनमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री सिंहले मुटु रोगको बिशिस्टिकृत उपचारका लागि थप विशेषज्ञ ब्यबस्था गर्न प्रतिष्ठानका पदाधिकारी हरुलाई निर्देशन समेत दिनु भयो ।

उद्घाटन सत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. अंकुर साहले क्याथ ल्याब संचालनमा आए पछि मुटु रोगिहरुलाई उपचारका लागि बाहिर जानू पर्ने अवस्थाको अन्त भएको उल्लेख गर्नु भयो ।मधेश प्रदेशमा सरकारी स्तरमा पहिलो क्याथ ल्याब संचालनमा आएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया




Top