निम्न माध्यमिक तह शिक्षकमा आवेदन आह्वान

न्यूजडेस्क     २०८० फाल्गुन २, बुधबार २१:४६ मा प्रकासित


काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।

आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया




Top