जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका मण्डल मृत फेला

न्यूजडेस्क     २०८० माघ २८, आईतवार २०:५४ मा प्रकासित


राजविराज — सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आइतबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन् ।
कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।


प्रतिक्रिया




Top