प्रगतिशील लेखक संघ मधेस प्रदेशको अध्यक्षमा नारायण घिमिरे

न्यूजडेस्क     २०८० माघ २७, शनिबार २०:५३ मा प्रकासित


महोत्तरी — प्रगतिशील लेखक संघ मधेस प्रदेशको अध्यक्षमा नारायण घिमिरे चयन भएका छन् । शनिबार बर्दिवासमा सम्पन्न संघको दोश्रो प्रदेश सम्मेलनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

सम्मेलनले १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मतनै चयन गरिएको निर्वाचन समितिका संयोजक संघका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीले जानकारी दिए ।

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको कार्कीले बताए । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका अब सशक्त हुने बताएका छन् ।

सामाजिक अन्यायका विरुद्ध प्रगतिशील लेखकका कलम चल्ल जरुरी रहेकाले अब मधेसमा रहेका बेथिति विरुद्ध कलम चलाउने र काम गर्ने घिमिरेले बताए । सम्मेलनमा नेपालमा बामपंथी एकता नभएको प्रती बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।


प्रतिक्रिया




Top