बैंकहरु मिटरब्याजी जस्तै भएको पूर्वप्रधानमन्त्री ओलीको आरोप

न्यूजडेस्क     २०८० माघ १९, शुक्रबार १६:४० मा प्रकासित


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै भएको आरोप लगाएका छन् ।
बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशनमा शुक्रबार बोल्दै अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको उल्लेख गरे ।

’बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र ! तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । बैंकहरु पनि मिटरब्याजी भएका छन् । तीन महिनामा साँवामा गाभ्ने भएन । कर्जा लैजानेले तिर्नु पनि पर्छ होला । कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो । लगानी गरेर प्रतिफल आउनुपर्छ । प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ’ ओलीले भने,’अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन ।’ बैंकको ऋण नतिर्ने भनेर बैंकहरुले केही आधार बनाइदिएकाले केही व्यक्तिहरु आन्दोलित भएको ओलीको दाबी छ ।

उनले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गरे । ’धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन । बैंकहरुले लगानी गरेपछि अनुगमन र सदुपयोग भएको छ की छैन भनेर पनि हुर्नुपर्छ । बैंकले सस्तो ब्याजमा पैसा पाएको हुन्छ । बैंकहरुले ऋणलाई कर्जा दिादा ब्याजदर घटाउन बढाउन सकिने छ भनेको हुन्छ तर घटाउने कहिल्यै हुँदैन । कर्जा लिँदा दुईपक्षीय सहमतिबिना ब्याज दर घटबढ गर्न पाइँदैन । यो व्यवस्था गर्नुपर्छ’ ओलीले भने,’ बैंकले एकतर्फी रुपमा कर्जाको ब्याजदर बढाउनु हुँदैन ।’


प्रतिक्रिया




Top