सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला, घटना अनुसन्धानका लागि सासु नियन्त्रणमा

न्यूजडेस्क     २०८० माघ १८, बिहीबार १२:३५ मा प्रकासित


 

१८ माघ, जनकपुरधाम । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए ।

मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।

घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।


प्रतिक्रिया




Top