मधेश प्रदेश ज्ञान–विज्ञानको केन्द्र होःप्रधानमन्त्री दाहाल

न्यूजडेस्क     २०८० माघ १८, बिहीबार १२:१७ मा प्रकासित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेश ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, ’सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।’ ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ’वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।’


प्रतिक्रिया




Top