प्रधानमन्त्री कपमा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित

न्यूजडेस्क     २०८० माघ १३, शनिबार १६:२३ मा प्रकासित


काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित भएको छ । एपीएफले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र १ सय १९ रनमा समेटियो ।

गण्डकीलाई सस्तोमा समेट्न अमर रोटेलाले ४ विकेट लिए भने मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए । गण्डकीका लागि ओपनर समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान दिए भने अर्का ओपनर ईश्वर क्षेत्रीले २८ रन बनाए । त्यस्तै, कप्तान विपिन कार्कीले १८ तथा करन पंगेनीले १६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । एपीएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाए । पुरन बिकले ३० रनको योगदान दिए ।

गण्डकीका लागि कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २–२ विकेट लिए ।


प्रतिक्रिया




Top