प्रधानमन्त्री दाहालसँग चिनियाँ उपमन्त्री सुन हायानको शिष्टाचार भेट

न्यूजडेस्क     २०८० माघ १३, शनिबार १४:२९ मा प्रकासित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

 


प्रतिक्रिया




Top