न्यूजडेस्क     २०८० माघ १२, शुक्रबार १०:५३ मा प्रकासित


काठमाडौँ — एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो ।

यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।

अब क्वाटरफाइनल प्रवेशका लागि ताजाकिस्तान र यूएई, इराक र जोर्डन, अस्ट्रेलिया र इन्डोनेसिया, साउदी अरेबिया र दक्षिण कोरिया, इरान र सिरिया, बहराइन र जापान, कतार र प्यालेस्टाइन तथा उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने छन् ।

समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिम नकआउट चरण पुगेका थिए र त्यसमा जोर्डन, प्यालेस्टाइन, सिरिया र इन्डोनेसिया छन् । ओमान र चीन भने भाग्यमानी रहेनन् ।


प्रतिक्रिया




Top