प्रधानमन्त्री कप क्रिकेटमा मधेश ६ विकेटले पराजित

न्यूजडेस्क     २०८० माघ १०, बुधबार १३:४३ मा प्रकासित


 

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको पुलिस क्लबको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने पुलिस क्लब एक मात्र टोली हो । हालसम्म सात खेल खेलेको मधेश प्रदेशको भने यो तेस्रो हार हो । मधेश प्रदेश चार खेलमा विजयी भएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रन मात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने १८.३ ओभरमै केवल चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।


प्रतिक्रिया




Top