काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ’डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो ।
नेपालले अब पर्सि बुधवार पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ । हिजो भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । आज समूह ’ए’ को बङ्लादेश र आयरल्यान्ड तथा समूह ’सी’ को अष्ट्रेलिया र नामिबियाबीच खेल हुँदैछ ।
प्रतिक्रिया