नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

न्यूजडेस्क     २०८० माघ ८, सोमबार १४:१८ मा प्रकासित


 

काठमाण्डौ – संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नर्सिङतर्फ भर्ना अवरुद्ध हुनु अव्यावहारिक भन्दै नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै रोकिएको भर्ना लिइ कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । उचित मापदण्ड पूरा गर्न नसकेका ७३ वटा नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना लिन पाएका छैनन् ।

समितिले आफ्नै अस्पताल बनाउन नसकेका संस्थाहरूको हकमा अहिलेलाई नर्सिङ शिक्षाको गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यासको सुनिश्चितताको लागि एक सय शय्याको अरु कुनै पायक पर्ने अस्पतालसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया




Top