काठमाण्डौ – राष्ट्रिय किसान आयोगले किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग गरेको छ ।
आयोगका अध्यक्ष प्रेम दङ्गालले देशभरका किसानलाई परिचयपत्रका आधारमा सामाजिक सुरक्षा दिन पनि माग गर्नुभएको छ ।
आयोगको स्थापना दिवसको अवसरमा हिजो भएको कार्यक्रममा उहाँले कृषिको काममा हुने दुर्घटनाको जोखिम बहन गर्न किसानको बीमा तथा स्वास्थ्य उपचारका लागि छुट्टै किसान अस्पताल स्थापना गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले कृषि ऐन ल्याउने अन्तिम तयारी भैरहेको भन्दै किसानलाई उत्पादनका आधारमा सहुलियत ऋण, प्रविधिमा अनुदान, मल, बीउबिजनको सुविधाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया