मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार मधेस एथलेटिक्स संघको अध्यक्षमा महिला अध्यक्ष भएका छन् । आज जनकपुर भएको गठनमा अध्यक्षमा नेपालमै पहिलो पटक महिला अध्यक्ष भएका छन्।
रा.रा.व क्याम्पस, जनकपुरका शारीरिक शिक्षा विषय शिक्षक
इन्द्र कुमार यादवको अध्यक्षता तथा खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख आतिथ्यमा र पूर्व मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको विशिष्ट अतिथीमा सम्पन्न भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मतबाट पुष्पा यादवलाई मधेस प्रदेशको अध्यक्षमा चयन गरेको जनाइएको छ ।
त्यसैगरी उपाध्यक्षमा विनोद कुमार कामति, सचिवमा राकेश साह, स-सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राम भरोसि कामती,राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल ,निलम यादव, गौतम झा रहेको छ ।
त्यस्तै सल्लाहकारमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साहलाई राखिएको छ ।
भेलाको उद्घाटन सत्रमा पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, मिडिया काउन्सिलका अध्यक्ष कैलास दास लगायत दर्जनौं व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया