असम । असममा राहुल गान्धीको ’भारत जोडो न्याय यात्रा’ र यसको मुख्य आयोजक केबी बाइजु विरुद्ध एफआईआर दर्ता गरिएको छ। असम प्रहरीका अनुसार यो एफआईआर जनवरी १८ मा जोरहाट सहरभित्र यस यात्राको लागि राज्य सरकारले स्वीकृत मार्गबाट विचलित भएको आरोपमा दर्ता गरिएको हो।
जोरहाटमा तैनाथ एक प्रहरी अधिकारीले यात्रा सहरको केबी रोडतर्फ जानुको सट्टा जुलुसले फरक बाटो लिएको बताए। प्रहरी अधिकृतका अनुसार रुट परिवर्तन भएपछि एक्कासि मानिसहरूको भीडले भागदौड जस्तो अवस्था सिर्जना भएको थियो । यस्तो अवस्थामा, स्वतः संज्ञान लिँदै, निर्धारित नियमहरूको उल्लंघन गरेको कारण यात्राको मुख्य आयोजक विरुद्ध जोरहाट सदर पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ।
प्रतिक्रिया