राजविराज — जबरजस्ती करणी उद्योगको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । सिरहा नगरपालिका–१६ का ४५ वर्षीय असिकुल मियाँलाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका मियाँलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्याल्य सिरहाका डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
परिवर्तित नाम लहान(ञ) को जाहेरीले नेपाल सरकार वादी भई चलेको जबरजस्ती करणी उद्योग मुद्दामा आरोपी रहेका मियाँलाई जिल्ला अदालतले दोषी ठहर गर्दै २०७४ साल फागुन २३ गते २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।
अदालतले कैद सजाय तोकेपनि मियाँ फरार रहेका थिए । सिरहा प्रहरीले गत पुस २९ गते उनलाई नियन्त्रणमा लिएको थियो । मंगलबार उनलाई अदालतमा पेश गरिएपछि अदालतको आदेशमा कैद भुक्तानका लागि उनी सिरहा जिल्ला कारागार चलान भएका छन् ।
प्रतिक्रिया