पत्रकारसाथी र बुद्धिजीवी वर्गको सल्लाहमा मधेश प्रदेसमा उदाहरणीय कार्य गर्ने आफ्नो चाहना रहेको मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादव बताएका छन् ।
जनकपुरधामको अंजनी होटलमा सोमवार मकर संक्रान्तिको अवसरमा प्रेस मन्च धनुषा द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री यादवले भने “ संघियताको जननी मधेस प्रदेस रहेको छ भने सर्वविदितनै हो तसर्थ आउने दिनमा प्रदेस सरकारको कामले जनता प्रसन्न भएपछि संघियतामाथि प्रश्न चिन्ह लाग्न सक्दैन ।”
कुन मन्त्रालय अथवा कार्यालयमा गडबडी भइरहेको छ र जनता लाभान्वित हुने गरि प्रदेस सरकार भावी रणनीति के हुन सक्छ यस बारेमा मुख्यमन्त्री यादवले पत्रकारहरुसंग जिज्ञााि व्यक्त गरे ।
प्रतिक्रिया