काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले जनतालाई दिएको अधिकार बेजोड भए पनि कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोमा जनमानसमा असन्तुष्टि र निराशा छाएको बताएका हुन् ।
उनले जनतालाई निराश नबनाउन विशेष आग्रह पनि गरे ।
प्रतिक्रिया