पत्रकारलाई गाली गर्न अनुमति माग गर्दै प्रशासनलाई पत्र

न्यूजडेस्क     २०८० पुष २९, आईतवार १२:२६ मा प्रकासित


 

काठमाडौँ । अखबारमा प्रकाशित समाचारले आफ्नो प्रतिष्ठालाई क्षति पुगेको भन्दै एक जनाले पत्रकारलाई माइकबाट दुई घण्टा गाली गर्नका लागि प्रशासनसँग अनुमति माग गर्दै पत्र पठाएका छन् ।

छिमेकी मुलुक भारतको प्रतापगढ जिल्लाको घटना हो यो । प्रतापगढ जिल्लाको दहिलामउ निवासी प्रतीक सिन्हा नाम गरेका व्यक्तिको जमिनमा केही अघि प्रशासनले डोजर चलाएको थियो । एक अखबारमा प्रतीक सिन्हाले सरकारी जमिन कब्जा गरेर अवैध प्लटिङ गरेको समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले उक्त कारबाही गरेको थियो ।

त्यसपछि प्रतीकले उक्त अखबारका मुख्य सम्पादक, स्थानीय सम्पादकसहितलाई पत्र लेख्दै समाचारसँग सम्बन्धित प्रमाण मागेका थिए । प्रमाण उपलब्ध नगराए अदालत जाने चेतावनीसहित उनले अखबारमा खण्डन प्रकाशित गर्न मागसमेत गरेका थिए ।

तर अखबारले बेवास्ता गरेपछि प्रतीकले उपजिल्ला अधिकारीलाई सम्बोधन गर्दै पत्र लेखेका छन् । उक्त पत्रमा सो अखबारका ब्युरो प्रमुख र जिल्ला संवाददातालाई २ घण्टासम्म माइकबाट गाली गर्न चाहेको भन्दै उनले त्यसका लागि अनुमति माग गरेका छन् ।

 


प्रतिक्रिया




Top