महोत्तरीमा ट्याक्टर पल्टिदा चालकको ज्यान गयो

सत्य मिरर्     २०८० कार्तिक १७, शुक्रबार १५:५२ मा प्रकासित


महोत्तरीमा ट्याक्टर पल्टिदा चालकको ज्यान गएको छ । ज्यान जानेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्याक्टर आज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया




Top