चीनमा स्मार्टफोनको विक्री घट्यो

सत्य मिरर्     २०८० कार्तिक ९, बिहीबार १०:२८ मा प्रकासित


पेचिङ । चीनमा स्मार्टफोनको विक्री घटेको छ । चीनको आर्थिक वृद्धिदर सुस्ताइरहेको बेलामा उपभोक्ताहरुले खर्च कटौतीलाई प्राथमिकता दिन थालेपछि स्मार्टफोन बजार खुम्चिएको हो । बजार अनुसन्धानकर्ता संस्था क्यानलिसले बिहिबार सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार यो वर्षको तेस्रो त्रैमासमा चीनमा जम्मा ६ करोड ६७ लाख थान स्मार्टफोन विक्री भएका छन् । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत कम भएको बताईएको छ ।

जुलाई–सेप्टेम्बर अवधिमा चीनको शीर्ष पाँच स्मर्टफोन ब्रान्ड सबैको विक्री गएको वर्षको सोही अवधिको तुलनामा घटेको छ । भिभोको विक्री २६ प्रतिशतले घट्दा ओप्पोको विक्रीमा १० प्रतिशतको कमी देखिएको छ । एप्पलको विक्री ६ प्रतिशतले घटेको छ भने अनरको विक्रीमा १ प्रतिशतको कमी आएको छ ।

साओमीको विक्री भए गएको वर्षकै हाराहारी छ । चिनियाँ स्मार्टफोन बजारको १८ प्रतिशत हिस्सासहित अनर बजारको शीर्ष स्थानमा छ । सो अवधिमा अनरका १ करोड १८ लाख थान स्मार्टफोन विक्री भएका छन् । बजारको १६ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पारेर ओप्पो र एप्पल शीर्ष दोस्रो स्थानमा छन् ।

चीनमा आइफोन १५ सिरिज सार्वजनिक भएकोले पनि एप्पलले शीर्ष तीनमा आफ्नो वचश्र्व जोगाउन सकेको विश्लेषण गरिएको छ । समीक्षा अवधीमा हुवावेई चीनको छैठौं ठूलो स्मार्टफोन ब्रान्ड हो । तर कम्पनीको बजार हिस्सा कति छ भनेर क्यानलिसले खुलाएको छैन । मेट ६० को लञ्चले हुवावेईको विक्री बढाएको बताइएको छ ।


प्रतिक्रिया




Top