अवैध रुपमा फूल, माला तथा माटोसहितको बिरुवाहरु भित्र्याउन रोक लगाइने

सत्य मिरर्     २०८० कार्तिक ४, शनिबार ०२:१३ मा प्रकासित


अवैध रुपमा फूल, माला तथा माटोसहितको बिरुवाहरु भित्र्याउन रोक लगाइने भएको छ । चाडपर्व लक्षित गरी विभिन्न प्रकारका अवैध फूल, माला तथा माटोसहितको बिरुवा भित्रिन रोक लगाइने भएको हो ।

नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाइएकाले थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बताए ।

प्लाष्टिकजन्य फूलगुच्छाको बिक्री वितरण नगर्न र नगराउन फ्लोरीकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीन बहादुर तामाङले आग्रह गरे ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) अनुसार गत वर्ष साउन यता नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया




Top