त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ बीच मुकाबला

सत्य मिरर्     २०८० कार्तिक ४, शनिबार ०१:४६ मा प्रकासित


काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।

मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो । शृङ्खलामा नेपालसहित यूएई र हङकङ समावेश छन् । शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । 


प्रतिक्रिया




Top