गंगासागर पोखरिको पानि प्रदुषित भएर माछा मर्न थाले

सत्य मिरर्     २०८० कार्तिक २, बिहीबार १४:३५ मा प्रकासित


जनकपुरधाममा रहेको गंगासागर पोखरिको पानि प्रदुषित भएर माछा मर्न थालेको हो ।

धर्म र आस्थासंग जुरेको गंगासागर पोखरिमा नियमितरुपले ओछ्यान बिछ्यान र भाडाकुरा धुनाले जल प्रदुषित भएको हो जसले गर्दा माछा मरिरहेको छ र मरेको माछा कुहिएर आसपासको बातावरणमा समेत दुरगन्ध फैलि रहको जनकपुरधाम स्वर्गद्वारिको निर्माता पवन सिंघानियाले बताएका छन् ।

एता भेटनरी अस्पताल र पशु सेवा विज्ञकेन्द्र धनुषा कार्यालय प्रमुख स¬ंजिव ठाकुरका अनुसार पानीमा धमिलोपना बढेकाले सूर्यको किरण पानी भित्र प्रवेश नभएर फोटोसिन्थेसिस हुन सकिरहेको छैन जसले गर्दा पानीमा घुलनशील आक्सीजनको कमिले माछा मर्न सक्छ । हामि तत्कालनै पशुपन्छि विकाश निर्देशनालयमा एउटा बैठक गरेर माछा कुन कारणले मरि रहको छ भने पता लगाउन विज्ञहरुको टोली गठन गर्छौ ठाकुरले बताए । ठाकुरका अनुसार यथा शीघ्र विज्ञ सहितको टोली आएर पोखरिको पानीमा कति मात्रामा घुलनशील आक्सीजन छ र अमोनियाको मात्रा कति रहेको छ, सबै पता लगाउने छन् । तत्काल यसमा मरिसकेको माछको साफई गराउन अत्यन्तनै जरुरी रहेको पनि ठाकुरले बताए ।


प्रतिक्रिया




Top