देशका विभिन्न जिल्लामा बाढी प्रभावितको उद्धारमा सक्रियतापूर्वक लाग्न प्रधानमन्त्री दाहालले दिए निर्देशन

सत्य मिरर्     २०८० असार ३, आईतवार ११:२९ मा प्रकासित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिलसमेत गरेका छन् । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।


प्रतिक्रिया




Top