७० प्रतिशतले विद्युत् उत्पादन घटेर बजारको डिमान्ड धान्न मुस्किलःकार्यकारी निर्देशक घिसिङ

सत्य मिरर्     २०८० असार ३, आईतवार ११:०३ मा प्रकासित


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदयाम (ड्राई सिजन)का कारण ७० प्रतिशतले विद्युत् उत्पादन घटेको बताएका छन् । एउटा हाइड्रोबाट सिजनमा तीन हजार किलोवाट विद्युत् उत्पादन हुनेमा अहिले सो घटेर १ हजारको हाराहारीमा झरेको बताउँदै कार्यकारी निर्देशक घिसिङले बजारको डिमान्ड धान्न मुस्किल परेको बताए ।

‘अहिले दैनिक बजारको माग २ हजार मेगावाटको छ । सन् २०३० सम्ममा यस्तो डिमान्ड ५ हजार मेगावाट पुग्ने अनुमान छ । तर, हिउँदमा यति डिमान्ड पुरा हुँदैन, बाहिरबाट किन्नुपर्ने बाध्यता छ’ घिसिङले भने, ‘५ हजार मेगावाटको डिमान्ड फूलफिल गर्न पनि हामीले अब कम्तीमा १५ हजार मेगावाट उत्पादन क्षमता पु¥याउनुपर्छ ।’

यो हिउँदका लागि मात्र भएकाले बखायाममा १५ हजार मेगावाट नै उत्पादन हुँदा १० हजार मेगावाट बढी हुने हुँदा निर्यात गर्ने बाटो खोजिएको उनले बताए ।

हाल उत्पादित जलविद्युत एकतिहाईमा खुम्चिन पुग्दा विद्युत् सप्लाइमा समस्या आएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । अन्डरभोल्टेज विद्युत् सप्लाई भइराख्दा थप गर्मीका कारण एसी, फ्यान, कुलर लगायतका उपकरणहरुको बढी प्रयोगले समेत समस्या आएको उनले बताए ।


प्रतिक्रिया




Top