दुबईको आवासीय भवनमा आगलागी,१६ जनाको मृत्यु

सत्य मिरर्     २०८० बैशाख ३, आईतवार ११:५८ मा प्रकासित


दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।

भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक कार्यकर्ता नसीर वतनापल्लीलाई उद्धृत गर्दै आगलागीमा परी मृत्यु भएका चार भारतीय मध्ये एक दम्पती पनि रहेको बताएको छ ।

दुबई सिभिल डिफेन्सका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले भवनमा आगोबाट बच्ने पर्याप्त प्रबन्ध नभएको देखाएको जानकारी दिएका छन् । आगलागीबाट भवनमा भएको क्षतिबारे अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया




Top