३ वैशाख, काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ ।
रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आगामी दुई हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो ।
कूटनीतिक र अनौपचारिक स्तरबाट भएका छलफलले एजेन्डाहरू तयार पारेको र त्यसमध्ये सबैभन्दा प्राथमिकतामा रक्सौल–काठमाडौँ रेलमार्गलाई अघि बढाउने विषय रहेको कूटनीतिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया