सिङ्गो देशलाई नै उपेन्द्र यादवको नेतृत्व आवश्यकःनेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल

सत्य मिरर्     २०७९ चैत्र २३, बिहीबार ०८:५८ मा प्रकासित


बारा २ लाई मात्रै नभएर सिङ्गो देशलाई नै उपेन्द्र यादवको नेतृत्व आवश्यक रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

देशलाई र संसदलाई चाहिएको नेतालाई अत्यधिक मत दिएर विजयी गराई पठाउन बारा २ का मतदातासँग आग्रह गर्दै एसका अध्यक्ष नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको बताएका हुन ।

नेपाली राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको संघीय लोकतान्तृक गणतन्त्रका लागि मधेश विद्रोहको स्थान उच्च रहनेभन्दै नेपालले मधेश विद्रोह र पहिचान, संघीयता आन्दोलनलाई संस्थागत गर्न र परिवर्तन सहितको एजेण्डाले देश र प्रदेशहरुको समयानुकूल विकास गर्न जसपा अध्यक्ष यादवको उपस्थिति संसदमा अपरिहार्य रहेको जिकिर गरे ।

बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल हिजो बुधबार बाराको गौर आएका थिए ।

बारा २ को चुनावी मैदानमा रहेका यादवलाई भेटेपछि नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दावीसमेत गरे ।

गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्दै अध्यक्ष नेपालले भने – ‘हल्ला गर्नेका पछिलाग्ने होइन, जनताको लागि लड्ने र अधिकर दिलाउने नेतालाई विजयी गराउनुपर्छ ।‘

अध्यक्ष नेपालले बुधबार नै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँग पनि भेट गरेका थिए । भेटका क्रममा मधेश सरकारका गतिविधि बारे छलफल भएको बताइएको छ ।


प्रतिक्रिया




Top