सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ

सत्य मिरर्     २०७९ चैत्र २१, मंगलवार ०९:१९ मा प्रकासित


सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरश्रको विष्णुपुर गाउँपालिका ५ का २४ का जयराम मण्डल, वर्ष ५० का देवनारायण मण्डल, वर्ष ४० का संतोष मण्ड, राजगढ गाउँपालिका ४ का ६५ वर्षीय शिव प्रसाद साह र वर्ष ५३ का जगदेव यादव रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ अनाधिकृत रुपले विद्युत चुहावट गरिरहेको अवस्थामा विद्युत् प्राधिकरण र प्रहरको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया




Top