सर्लाहीमा रुखले किचिएर एक महिलाको मृत्यु

सत्य मिरर्     २०७९ चैत्र २०, सोमबार ०९:५७ मा प्रकासित


सर्लाहीमा रुखले किचिएर एक महिलाको मृत्यु भएको छ ।


जिल्लाको मलंगवा नगरपालिका ६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको सोमबार मध्यान्ह किचिएर मृत्यु भएको हो ।


आज मध्यान्ह ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५÷५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् ।


सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।


लापरवाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया




Top