भारतमा रेलको सिटमा बस्ने विषयमा विवाद पछिको घटनामा तीन जनाको ज्यान गयो

सत्य मिरर्     २०७९ चैत्र २०, सोमबार ०९:४७ मा प्रकासित


भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

केरलाको कोझिकोडमा एक वर्षको बच्चासहित तीन जनाको रेल वे ट्रयाकमा शव भेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो रेलको सिटमा बस्ने विषयमा दुई जनाबीच विवाद हुँदा एक जनाले अर्का व्यक्तिलाई आगो लगाइदिएका खबरमा उल्लेख छ । त्यसपछि यात्रुले रेलको आपत्कालीन चेन ताने । रेलको गति कम हुन थाल्यो ।

यही मौकामा घटनामा संलग्न व्यक्ति भागेका आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया




Top