वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

सत्य मिरर्     २०७९ चैत्र २०, सोमबार ०८:५८ मा प्रकासित


वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्।

अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्।

मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ ।

तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ । यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।

बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्।

इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्तर्क्रिरया गर्छन् । ‘बिरुवाहरूले विभिन्न जीवहरूसँग पृथक ढंगले अन्तरक्रिया गर्छन्। रसायन उत्सर्जन गरेरसमेत बिरुवाले सञ्चार गर्दछ,’ उनले भनेका छन् ।


प्रतिक्रिया




Top