पत्रकारसँग दुर्व्यवहारको सम्बन्धमा सलमान खानको पुनरावेदनमा मार्च ३० मा फैसला

सत्य मिरर्     २०७९ चैत्र १०, शुक्रबार ०२:२१ मा प्रकासित


मुम्बई । मुम्बई उच्च अदालतले अप्रिल २०१९ मा एक पत्रकारसँग कथित दुर्व्यवहारको सम्बन्धमा अभिनेता सलमान खानको पुनरावेदनमा मार्च ३० मा आफ्नो फैसला सुनाउने भएको छ । आफ्नो पुनरावेदनमा सलमान खानले तल्लो अदालतले जारी गरेको अदालतमा उपस्थित गराउने आदेशलाई चुनौती दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार उच्च अदालतले बिहीबार दुवै पक्षको तर्क सुनेर मार्च ३० सम्मको लागि आफ्नो फैसला सुरक्षित राखेको छ । अशोक पाण्डे नामका पत्रकारले सलमान खान र उनका अंगरक्षक नवाज शेखविरुद्ध अंधेरीको एक अदालतमा दायर गरेको उजुरीमा विभिन्न आरोप लगाएका थिए ।

त्यसपछि उनीहरु दुवैविरुद्ध भारतीय दण्ड संहिताको धारा ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

पाण्डेले दुवैलाई फौजदारी कारबाही गर्न अदालतसँग माग गरेका थिए । त्यसपछि अदालतले सलमान खानलाई २०२२ मा अदालतमा उपस्थित गराउने आदेश जारी गरेको थियो । त्यसपछि खानले उच्च अदालत पुगेका थिए । उनले तल्लो अदालतको आदेश खारेज गर्न अदालतसँग माग गरेका छन् ।


प्रतिक्रिया




Top