“जति बुझाएपनि मुसहरबस्तीका बासी आफ्नो जीवनस्तर सुधार गर्न जागरुक भइरहेको छैन”मानव अधिकारका लागी महिला एकल महिला समूहकी प्रदेश अधिकृत पूजा साहको भनाई छ । सिमान्तकृत र एकल महिलाको हक हितका लागी धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ३ कुचाईमा रहेको मुसहरहरुको बस्तीमा बैठक गर्न गएकी अधिकृत साह त्यहाँ रहेको महिलाहरुको भनाई र सोचाई हेरर आफू दंग भएको बताएकी छिन् ।
आफ्नो भविष्य सुधारन बच्चाहरुलाई विद्यालय पठाउनु भनेपछि त्यहाँकी महिलाहरु प्रतिकार गरिन् । “हामा्रे बच्चा पढ्न जान्न,किन पढ्न पठाउनु कक्षा कोठामा बच्चाहरुलाई राखेर मास्टरहरु घाम सेक्न बाहिर बस्छन् र गप हाँक् छन्”उनीहरुको भनाई थियो । यहाँका बच्चाहरु विद्यालय नगएर दिन भरि खेलमा बिताए पनि उनिहरुको अभिभावकले विद्यालयमा शिक्षक पढाईनै राखेको छैन भनेर पढ्न पठाउँदैनन् ।
यसरी नै बैठकमा प्रजनन स्वस्थ्य सम्बन्धी प्रशिक्षण दिने क्रममा विज्ञले छोरीको बिहे सानो उमेरमा नगर्नु यसले उसको कम उमेरमा बच्चा जन्मिन्छ,बच्चादानी परिपक्व नभएपछि बच्चा जन्माउन गाह्रो हुन्छ जसले गर्दा आमा र बच्चा दुवैको ज्यान जाने खतरा हुन्छ बताईन् । विज्ञको यो कुराको पनि विरोध गर्दै त्यहाँ उपस्थित महिलाहरुले प्रश्न गरिन् “तपाईहरु सिखाउनु हुन्छ कि बीस बर्ष सम्म छोरीको बिहे नगर्नु तर यहाँ छोरीहरु आफै बाह्र चौध बर्षमै भागेर बिहे गरिरहेको छ त कहीं बिहे नगराएपछि आत्महत्यानै गरिरहेको छ अनि हामीले यो घटनाहरु बाट बाँच्न किन् बिहे नगराउनु त ?”
त्यस्तै मदिरा सेवन नगर्नु ,मदिराले तपाईको स्वास्थ्य र धन दुवैमा क्षति गर्छ तथा नशामा भएको बेला पारिवारिक कलह र अशांतिको पनि सामना गर्नु पर्छ बुझँउदा उनिहरु खिन्न भए । “हामी त मदिरा किनछौं पनि र बेच्छौं पनि, तपाईहरु हामीलाई नसिखाउनु ,बन्द नै गराउनु छ भने पुरै देशमा मदिरा बिक्रीबितरण बन्द गराउनु ,हामीले मानौ यहाँको पसल बन्द गरदिए भने खानेहरुले महेन्द्रनगर बाजार गएर किन्छ नै” समूहमा उपस्थित महिलाहरुले भनिन् ।
कुचाईमा रहेको मुसहर महिलाहरुलाई बुझाउन अतिनै गाह्रो भएको हो अधिकृत साहको भनाई छ । मलाई महेन्द्रनगरको १०वटा वडामा काम गर्नु छ,विभिन्न वडामा बैठक सम्पन्न गरेसकेकी छु तर अन्य अन्य वडा भन्दा यहाँको बासीको सोच र अवस्था एकदमै फरक रहेको छ साहले भनिन् । म आफ्नो तर्फबाट हार नमानेर यहाँ पटक पटक विज्ञलाई लिएर आउने छु र उनिहरुलाई बुझाउने प्रयास गर्छु र एक दिन वहाहरुको सोचाई र बुझाई परिवर्तन हुन्छ भनेर मलाई लाग्छ साहले आशा व्यक्त गरेकी छिन् ।
प्रतिक्रिया