चैत्र १० गते सरकारले पूर्णता पाउने प्रधानमन्त्री दाहालले बताए

सत्य मिरर्     २०७९ चैत्र ३, शुक्रबार १३:३२ मा प्रकासित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका हुन् । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।


प्रधानमन्त्री दाहालले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताए । ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु,’ दाहालले भने ।


प्रतिक्रिया




Top