जनावरको शव व्यवस्थापनका लागी स्वर्गद्वार पार्ट ३ र बच्चाको शवका लागी स्वर्गद्वार पार्ट २

सत्य मिरर्     २०७९ चैत्र २, बिहीबार ०९:२४ मा प्रकासित


स्वर्ग द्वार परिकल्पनाकार पवन सिंघानिया लावारिस अथवा पालतु जनावर मरे पछि व्यवस्थापनको लागी स्वर्गद्वार पार्ट ३ बनाउने योजनामा छन् ।बुद्धबार स्वर्गद्वार अगारी गरिएको सरसफाई कार्यक्रममा सिंघानियाले जनावर र बच्चाकको शव व्यवस्थापनका लागी आफू चिंतित रहेको बताउनु भए ।


माता सीताको जन्मभूमि जनकपुरधाम,जहाँ दिनहँु हजारोको संख्यामा स्वदेशी तथा बिदेशी पर्यटकहरु आउने गर्छन्, त्यो ठाँउमा लावारिस अथवा पालतु जनावर मरे पछि कहाँ व्यवस्थापन गर्ने त्यसको लागी नगरपालिकाले केही योजना बनाएको छैन तर जनकपुरधाममा स्वर्गद्वार बनाउने पवन सिंघानियाले यसको लागी आफू प्रयासरत रहेको बताए । आफू यो नेक कामको लागी स्वर्गद्वार पार्ट ३ बनाउने योजनामा रहेको तर नरपालिकाले यसकोलागी जग्गा उपलब्ध गराइ रहेको छैन गुनासो व्यक्त गरे ।


यसका साथै उहाले नीर्माणाधीन रहेको स्वर्गद्वार पार्ट २ अवलोकन गरउँदै भने “अहिले रहेको स्वर्गद्वारमा वयस्क व्यक्तीको दाहसंसकार भईरहेको छ तर यस्ता बालबालिकाहरु जसलाई मृत्यू पश्चात जलाउन मिल्दैन त्यसलाई खाल्डोमा पुरिने गर्छन् ,तर मन्छे बच्चाको शवलाई पुरेर गई सकेपछि त्यसलाई कुक्कुर र स्याल लगायतका जनावरहरु उखेलेर आफ्नो आहार बनाउने गर्छ जो कि राम्रो होइन ,मैले त्यो पुरिएको बच्चाहरुको शवको सुरक्षाका लागी स्वर्गद्वार पार्ट २ निर्माण गर्ने योजाना बनाए र यसको निर्माणकाम अंतिम चरणमा रहेको छ”।


अफ्नो बिस बर्षको अथक प्रयासको परिणाम स्वरुप श्मशान घाटलाई स्वर्गद्वारको रुपमा परिणत गर्न सफल भए उनले बताए । दुई दशक अगारी राति भएको बेला यो बटोमा मान्छे हिन् पनि डराउथ्यो र आजको तारिकमा पर्यटक र जनकपुरबासी बिन्दास यहाँ आएर रमाउन थालेका छन् सिंघानियाले जनाए ।


सरसफाई कार्यक्रम आम संचार प्राधिकरण मधेश प्रदेश अध्यक्ष श्याम सुंदर यादव, स्वर्ग द्वार परिकल्पनाकार पवन सिंघानिया, कानून अधिकृत बिष्णु भट्टराई,डब्लू एच ओको प्रदेश स्वास्थ्य रिप्रेजेंटेटिव रमेश यादव, रेस्टलेस डेवलपमेंटको संगीता महर्जन , सेभ द चिल्ड्रेन, इन्सेक को राजू पासवान, माइति नेपालका किस्मा श्रेष्ठ , द्वंद पीडिÞित संस्थाको समिता लामा राष्ट्रीय सरसफाई अभियन्ता धीरेन्द्र साह,एकल महिला समूहकी प्रदेश अधिकृत पूजा साह,पत्रकार प्रेम चंद्र झा, रजत कायस्थ , यात्रु निवास जनकपुरको सुधाकर झाको टीम , जनक छात्राबासको विभा दीक्षित सहितको उपस्थितिमा संपन्न भयो ।


प्रतिक्रिया




Top