सिन्धुली दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री दाहाले दिए निर्देशन

सत्य मिरर्     २०७९ फाल्गुन २८, आईतवार ०९:४२ मा प्रकासित


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।


मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।


यसैबीच,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन सम्बद्ध सबैमा निर्देशित गर्दछु ।’


प्रतिक्रिया




Top