भारत पाकिस्तानसँगको व्यवहारमा उदारतापूर्वक व्यवहार नगर्ने

सत्य मिरर्     २०७९ फाल्गुन २५, बिहीबार १४:४७ मा प्रकासित


वासिङटन । अमेरिकी सरकारले आफ्नो एक रिपोर्टमा प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले पाकिस्तानसँगको व्यवहारमा उदारतापूर्वक व्यवहार नगर्ने दाबी गरेको छ ।


अमेरिकी गुप्तचर विभागको यस प्रतिवेदनमा सन् २०२३ मा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम हुन सक्ने ती जोखिमहरु उल्लेख गरिएको छ।

प्रतिवेदनमा भारत र पाकिस्तानबीच बढ्दो द्वंदसँगै चीन, युक्रेन र रुसका अतिरिक्त जलवायु परिवर्तन जस्ता मुद्दालाई पनि समावेश गरिएको छ ।

यो प्रतिवेदन अमेरिकी संसदको सुनुवाइका क्रममा प्रस्तुत गरिएको हो । भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध गम्भीर चिन्ताको विषय भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया




Top