राम मन्दिर क्षेत्र जनकपुरधाममा बृहत् सरसफाई सम्पन्न भएको हो । शुक्रबार बिहान धर्मिक आस्थाको केन्द्र रहको जनकपुरधामको राम मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
कार्यक्रममा महान्ययाधिवक्ता बीरेन्द्र ठाकुर,प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, मेयर मनोज साह , राष्ट्रीय मानव अधिकार आयोगको प्रदेश प्रमुख मंजू खतिवडा,राम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साह नेतृ बिभा ठाकुर पुनम झा मैथिली र स्थानीय सरसफाई अभियानीहरुको विशेष सहभागिता रहेको थियो ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रीको जनकपुरधाममा स्वागतको लागी आज राम मन्दिरमा सरसफाई गरिएको हो सरसफाई अभियानी आदित्य ठाकुरले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काशीराज दहालले उपस्थित सबैलाई धन्यवाद दिदै भोली बिहान सात बजे पुनः एकत्रित भएर बह्रबिघामा हुने सरसफाईमा सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया