मिथिला माध्यमिकी परिक्रमा आज चौथों दिन मटिहानीेको लागि प्रस्थान गरेको छ । तेस्रोदिन बुद्धबार राति भारतको गिरिजा स्थान फुलहर बिश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि मटिहानीेको लागि प्रस्थान गरेका हुन् ।
सोमबार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमबारबाट प्रारम्भ भएको हो ।
साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली मंगलवार कल्ना र बुद्धबार गिरिजास्थान, फुलहरमा विश्राम गरेपछि आज मटिहानी पुगेको हो ।
भोली जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।
प्रतिक्रिया