स्कटल्याण्डमाथि नेपालले हात पारे २ विकेटको रोमाञ्चक जित

सत्य मिरर्     २०७९ फाल्गुन ९, मंगलवार १५:२९ मा प्रकासित


९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को घरेलु मैदानमा भएको शृंखला नेपालले क्लिन स्वीप गरेको छ ।

त्रिकोणात्मक शृंखलाको चारै वटा खेल जित्ने क्रममा नेपालले आज अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।

१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो । रोहितले अविजित ९५ रन बनाए ।

१०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।


प्रतिक्रिया




Top