सुनको भाउ आज तोलामा दुई सय रुपैया घट्यो

सत्य मिरर्     २०७९ फाल्गुन ९, मंगलवार १५:१८ मा प्रकासित


काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया




Top